बलिउड अभिनेता इन्दरकुमारको निधन


बलिउड अभिनेता इन्दर कुमारको निधन भएको छ । भारतीय सञ्चारमाध्यम आजतकले जनाएअनुसार इन्दरकुमारको ह्दयघातको कारण बिहिबार राति  उनकै घरमा निधन भएको हो।

उनी अभिनेता सलमान खानका मिल्ने साथी हुन्। ९० को दशकदेखि अभिनय सुरु गरेका इन्दरकुमारले सलमानसँग फिल्म ‘वान्टेड’मा काम गरेका थिए। उनले अक्षय कुमारसँग फिल्म ‘खिलाडियोँ के खिलाडी’मा पनि काम गरेका छन्।

इन्दरकुमारले चर्चित टीभी सिरियल ‘क्यूँ की सास भि कभि बहु थी’मा मिहिरको भूमिका निभाएका थिए। ४५ वर्षीय इन्दरले २० वटा बलिउड फिल्म र अन्य टीभी सिरियलमा काम गरेका थिए।

उनको अन्तिम संस्कार शुक्रबार करीब ४ बजे हुने जनाइएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.