शाहरुख खानविरुद्ध ‘नोटिस’ जारी, दोषी पाइए साढे ३ सय करोड जरिवाना लाग्न सक्ने


आईपीएल टी २० क्रिकेट लिगसँग सम्बन्धित एक फेमा मुद्दामा प्रर्वतन निर्देशालय(ईडी)ले बलिउड अभिनेता शाहरुख खानलाई ११८ करोड रुपैयाँ विदेशी मुद्रा नोक्सानको विषयमा नोटिस जारी गरेको छ। इडीका अधिकारीले जनाएअनुसार शाहरुख खानलाई २३ अगस्तमा हुने यस विषयमा सुनुवाइको समयमा उपस्थित हुन नोटिस जारी गरेको छ। साथै इडीले शाहरुख लगायत अन्यलाई पनि नोटिस जारी गरेको छ।

सुनुवाइको क्रममा यदि शाहरुखलाई खान दोषी पाइएमा भएको नोक्सानको ३ गुणा जरिवाना हुन सक्ने बताइएको छ। इडीले मार्चमा विदेशी मुद्रा प्रर्वदन अधिनियम (फेमा) अन्तर्गत यस विषयमा कारण देखाउ नोटिस जारी गरेको थियो।

केन्द्रीय जाँच एजेन्सीले शाहरुख खान, उनकी श्रीमती गौरी खान, अभिनेत्री जुहि चाउला र नाईट राइडर्स स्पोर्ट प्राइवेट लिमिटेड (केआरएसपीएल) लाई कारण देखाउ नोटिस जारी गरेको थियो। नाईट राइडर्स स्पोर्ट प्राइवेज लिमिटेड इन्डियन प्रिमियर लीग (आईपीएल) को कोलकत्ता नाइट राइडर्स (केकेआर) टीमको मालिक हो।

नाईट राइडर्स स्पोर्ट प्राइवेट लिमिटेडले मरिससको एक कम्पनीलाई शेयरको यथावत मुल्यभन्दा कम मुल्यमा बेचेको र त्यसले ११८ करोड रुपैयाँ विदेशी मुद्राको घाटा लागेको थियो। गौरी खान केआरएसपीएलकी निर्देशक हुन् भने शाहरुख खान र जुही चाउला आईपीएल टीम केकेआरका मालिक हुन्।

यो मुद्दा सन् २००८–००९ को हो। जब ईडीले पहिलोपटक आईपीएल फ्रेन्चाइजी र उसको मालिकको विरुद्ध जाँच सुरु गरेको थियो भारतीय सञ्चारमाध्यम जीन्युजइन्डियामा खबर छ। ईडीले यस विषयमा कयौंपटक खान र अन्यसँग सोधपुछ गरिसकेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.