रणवीर कपुरले भनेः कलाकारलाई विवादमा तानेर टन्न पैसा कमाउँछन् करण जोहर


बलिउड फिल्म निर्देशक करणले होस्ट गर्ने कार्यक्रम ‘कफी वीथ करण’मा सबै बलिउड हस्तीहरु आएर आफ्नो व्यक्तिगत जीवनको बारेमा गफ गर्छन्। शो मा आउने हरेक कलाकारलाई नितान्त व्यक्तिगत कुरा ओकाल्न माहिर छन् निर्देशक  करण जोहर।

कलाकारहरुले  शोमा आफ्नो व्यक्तिगत जीवनका कुरा खुलाउँदा वर्षदिनसम्म पनि विवादमा मुछिएका उदाहरण धेरै छन्।

बलिउड अभिनेता रणवीर कपुरले हालै दिएको एक बयानले निर्देशक करण जोहरको शो ‘कफि वीथ करण’को बारेमा नयाँ खुलासा गरेका छन्। करणले कलाकारहरुलाई अनेक प्रश्न सोधेर वर्षभरि विवादमा तान्ने र आफुले भने त्यही विवादको कारण टन्न पैसा कमाउने आरोप रणवीरले लगाएका छन्।

एक कार्यक्रममा रणवीरले करणको शो मा जाँदा जाँदा आफु थाकेको बताउँदै अब करणको शोमा कहिल्यै नजाने बताए। करणले कलाकारहरुलाई शो मा आउन दबाब दिने बताउँदै रणवीरले यो पटकको नयाँ सिजनमा पनि रनवीर सिंहसँग शो मा सहभागी हुन करणले दबाब दिएको बताए।

रणवीरले शो मा आफूलाई सहभागी हुन मन नलागेको करणलाई बताएको पनि उनले बताएका छन्। भारतीय सञ्चारमाध्यम नवभारतटाइम्सका अनुसार रणवीर र अनुष्का मिलेर यस पटक करणको शो मा नजाने बाहाना खोजीरहेका थिए।

रणवीरले बलिउड उद्योगका सबै कलाकारले करणको शोमा नजाने तयारी गरिरहेको पनि बताए। उनले शो मा भनिएका कलाकारको गोप्य कुराले कलाकार चाँही वर्षदिनभरि बिबादमा मुछिने तर करणले त्यही बिबादको कारण टन्न पैसा कमाउने कुरा सही नभएको बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.