फरहान अख्तर किन पुगे जेल?

फरहान अख्तर किन पुगे जेल?


बलिउड अभिनेता फरहान अख्तर लखनउको केन्द्रीय कारागार पुगेका छन्। तर उनी कुनै अपराधमा समातिएर जेल भने गएका होइनन्। फरहान लखनउनको केन्द्रीय कारागारमा आफ्नो आगामी फिल्मको शिलशिलामा पुगेका हुन्।

फरहान आफ्नो आगामी फिल्म ‘लखनउ सेन्ट्रल’ मा कैदी किशन मोहन गिरोत्राको भूमिकामा देखिँदैछन्। फिल्ममा लखनउको पृष्ठभूमि देखाइएको छ।

उनी कैदी र जेलको बारेमा बुझ्न लखनउको केन्द्रीय कारागार पुगेको एडिटीभीमा खबर छ।

सोमबार फरहानले आफ्नो आगामी फिल्म ‘लखनउ सेन्ट्रल’ को पहिलो लुक्स सार्वजनिक गरेका छन्। फिल्मको पहिलो भागको सुटिङ सकिएको उनले बताए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.