मल्लिकाले भेटिन् अमेरिकी राष्ट्रपतिको पहिलो श्रीमतीलाई


बलिउड नायिका मल्लिका शेरावतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पहिलो श्रीमति इवानासँग भेट गरेकी छिन्।

उनले मंगलबार आफ्नो इन्स्टाग्राममा इवाना ट्रम्पसँग खिचेको फोटो पोस्ट गर्दै लेखेकी छिन्, ‘इवाना ट्रम्पसँग भेटेर खुसी लाग्यो। उनी असल व्यक्ति हुन्।’

उनले इवानासँगको भेटलाई मिठो र सालिन भनेकी छिन्। चेकमूलकी पूर्व मोडल तथा व्यवसायी इवानाले अमेरिकी राष्ट्रपति ट्रम्पसँग १९७७ मा बिहे गरेकी थिइन्। यी दुईको पारपाचुके १९९२ मा भएको थियो।

२०१५ देखि मल्लिकाले बलिउडमा काम गरेकी छैनन्। उनको पछिल्लो फिल्म डर्टी पोल्टिक्स थियो। उनले हलिउडमा पनि काम गरिसकेकी छिन्। मल्लिकाले २०१६ मा चिनियाँ फिल्म ‘टाइम राइडर्स’ मा काम गरेकी थिइन।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.