मिका सिंहलाई शिवसेनाले दियो यस्तो धम्की


बलिउड गायक मिका सिंहलाई शिवसेनाले पाकिस्तानको पक्षमा गीत नगाउन धम्की दिएको छ। पाकिस्तानको स्वतन्त्रता दिवसको अवसरमा अमेरिकामा हुन लागेको एक कार्यक्रममा मिका सिंहले पाकिस्तानी गायकसँग गीत गाउने खबरपछि शिवसेनाले मिकालाई धम्की दिएको हो।

शिवसेनाका प्रवक्ता प्रताप सरनाइकले यस्तो काम गर्न खोजेकोमा मिकाले जनतासँग माफी माग्नुपर्ने बताएका छन्। साथै उनले मिकाले उनीहरुको कुरा नमाने उनलाई आरामसँग बस्न नदिने धम्की दिएको छ।

पाकिस्ताको स्वतन्त्रता दिवासको अवसरमा अमेरिकाको शिकागोमा एक कार्यक्रमको आयोजना हुँदैछ। जसमा मिका सिंहले गीत गाउने भएका छन्। एक भिडियोमा मिकाले एक पाकिस्तानी गायकसँग गीत गाउँदै पाकिस्तान हाम्रो भनेका छन्। यसैकारण मिका सिंह कट्टर हिन्दुवादी शिवसेनाको निशानामा परेका हुन्।

शिवसेनाले केही दशकदेखि मुम्बईमा राज गर्दै आएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.