बलिउड अभिनेत्री काजलका म्यानेजर लागुअौषध कारोबार मुद्दामा पक्राउ


लागु औषध कारोबारमा बलिउड अभिनेत्री काजल अग्रवालका म्यानेजर रोनी पक्राउ परेका छन्। उनलाई सोमबार विषेश अनुसन्धान टोलीले हैदराबादबाट गिरफ्तार गरेको हो।

खबरका अनुसार टोनीको घरबाट धेरै मात्रामा लागु औषध बरामद भएको छ। जसलाई प्रहरीले कब्जामा लिइसकेको छ।

अनुसन्धान टोलीले रोनीको परिचय ड्रग डिलरसँग पनि भएको शंका गरेको छ।

टलिउडमा लागुऔषध कारोबार आरोपमा प्रहरीले यसअघि नै केही कलाकारलाई पक्राउ गरेको थियो। प्रहरीले यो मुद्दामा कयौं सिने हस्तीसँग बयान लिइसकेको छ।

अन्य कयौं कलाकारलाई पनि प्रहरीमा बयान दिन जान प्रहरीले सूचना पठाईसकेको छ।

अभिनेत्री काजल अग्रवालले बलिउडमा आउनुभन्दा पहिला टलिउड फिल्ममा काम गरेकी थिइन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.