के गल्ती गरे अक्षयले र माग्नुपर्यो माफी?


बलिउड अभिनेता अक्षय कुमारले आफुले गरेको एक गल्तीको लागि माफि मागेका छन्।
महिला वर्ड कपको फाइनलमा भारत इंग्ल्याण्डबीच भएको प्रतिस्पर्धामा भारतीय टोलीालाई सर्पोट गर्न अक्षय मैदानमा पुगेका थिए।

उनले त्यही समयमा भारतको झण्डा उल्टो बोकेका थिए। अक्षयले झण्डा उल्टो बोकेको तस्वीर आफ्नो ट्वीटर अकाउन्टमा सेयर गरेका थिए।

अक्षयको यस्तो तस्वीरले सामाजिक सञ्जालमा उनी ट्रोलको सिकार भएका थिए। यसपछि अक्षयले ट्वीटरमार्फत नै आफ्नो गल्तीको माफि मागेका छन्।

उनले झण्डको आचरसंहिता विपरित आफुले उल्टो बोकेको र कसैलाई हानी पुर्याउने उदेश्य नभएको भन्दै माफि मागेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.