यी अभिनेत्रीको व्यक्तिगत तस्वीर इन्टरनेटमा, पूर्व प्रेमी पक्राउ


मलयालम अभिनेत्री मिथिलीको व्यक्तिगत तस्वीर अनलाईनमा सार्वजनिक भएको मुद्दामा प्रहरीले उनका पूर्व प्रेमी किरण कुमारलाई पक्राउ गरेको छ।

प्रोडक्सन एक्जिक्यूटिभ किरण कुमारलाई मिथिलीको व्यक्तिगत तस्वीरहरु सार्वजनिक गरेको आरोप छ।

मिडिया रिर्पोटसका अनुसार मिथिली र कुमार सन् २००८ देखि प्रेमसम्बन्धमा थिए। जब मिथिलीलाई उनको प्रेमीको विवाहको बारेमा थाहा भयो उनले कुमारसँग सबै सम्बन्ध तोडेकी थिइन्।

दुईको ‘ब्रेकअप’ पछि मिथिलीलाई बारम्बार व्यक्तिगत तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै कुमारले धम्की दिन थालेका थिए। मिथिलीसँग कुमारले तस्वीरको बदलामा १ करोड रुपैयाँभन्दा बढी रकम मागेका थिए।

मिथिलीले पैसा नदिई प्रहरीमा खबर गरेकी थिइन्। त्यसको केही समयमा मिथिलीको व्यक्तिगत तस्वीर इन्टरनेटमा सार्वजनिक भएको थियो।

मिथिली मलायलम फिल्ममा निकै लोकप्रिय छिन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.