हेर्नुस बलिउडका ८ सबैभन्दा महङ्गा डिभोर्स


सम्वन्धविच्छेदले मानिसको हृदयमा ठूलो पीडा त पारिरहेकै हुन्छ कहिलेकाँहि यसले आर्थिक मामिलामा पनि निकै दुखि बनाएको उदाहरणपनि थुप्रै भेटिन्छ ।

बलिउडका केही यस्ता सेलिब्रेटी डिभोर्स भएका छन् जसले थुप्रै फ्यानको आँखामा आशु आउन विवश बनाएको छ ।

हेर्नुस बलिउडका ८ सबैभन्दा महङ्गा डिभोर्स

  • करिश्मा कपुर र सञ्जय कपुर

अभिषेक बच्चनसँग इन्गेजमेन्ट टुटेपछि सञ्जय कपुरसँग विहे गरेकी करिश्मा कपुरको सम्वन्ध राम्रो नभएपछि उनीहरुले २०१४ मा सम्बन्धविच्छेदको लागि आवेदन दिएका थिए र उनीहरुको २०१६ मा कानुनीरुपमा सम्बन्ध विच्छेद भयो। करिश्मा डिभोर्समा आफ्नो लागि नभई छोरा छोरिको लागि भन्दै सञ्जयको बाबुको घर आफ्नो नाममा बनाइन्। त्यस्तै सञ्जयले छोराछोरीको नाममा १४ करोड दिनुपर्यो।

  •  रितिक रोशन र सुसेन खान :

रितिक रोशनसँगको सम्वन्धविच्छेदका लगि सुसेनले ४०० करोड मागेकी थिइन् ।

  • सैफ अलि खान र अमृता खान :

सैफले डिभोर्सपछि अमृतालाई ५ करोड दिएका थिए। उनीहरुको छोरा १८ वर्ष नपुग्दासम्म सैफले पढाइ र लालनपालनको लागि महिनैपिच्छे १ लाख दिनुपर्ने सर्त समेत थियो।

  • सञ्जय दत्त र रिचा पिलाली :

सञ्जयले डिभोर्सपछि पिलालीलाई समुन्द्रको छेउको अपार्टमेन्ट सँगसँगै कार पनि दिएका थिए भने उनले लामो समयसम्म उनलाई पैसा पनि दिएका थिए ।

  • फराह अक्तर र अधुना भवनी:

फराह र अधुनाले १६ वर्षपछि सम्वन्धविच्छेद गर्ने पक्का भएको छ। फराहले डिभोर्सपछि दिनुपर्ने पैसामा १०,००० स्क्वाएर फिट लामो बंगला छोराछोरीको भविष्यको लागि दिनुपर्ने भएको छ।

  • आदित्य चोपडा र पायल खन्ना :

आदित्यको रानी मुखर्जीसँग सम्वन्ध भएको थाहा भएपछि उनीहरुको डिभोर्स भयो। पायल ठूलो मात्रामा पैसाको माग गरे पनि यो गुपचुपमै राखियो।

  • प्रभु देवा र रामलता :

उनीहरुको सम्वन्धविच्छेदमा प्रभुले दुई वटा महङ्गा कार र २०-२५ करोड दिनुपरेको थियो।

  • अमिर खान र रिना दत्त :

परिवारको सहमति बिना विहे गरेका यो जोडीको सम्वन्धविच्छेदमा पनि ठूलो रकमको माग भएको थियो। तर पनि वास्तविक रकम भने कहिन्यै बाहिर आएन ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.