सलमानको खुट्टा ढोग्न पनि तयार छन् बलिउडका यी गायक !


भारतका एक प्रशिद्ध गायक बलिउड अभिनेता सलमान खानको खुट्टा ढोग्न पनि तयार छन्। ‘छैंया छैंया’गीतबाट हिट भएका गायक सुखविंदर सिंह सलमानलाई निकै राम्रो व्यक्ति बताउँदै सलमानको खुट्टा पनि ढोग्न तयार भएको बताए।

एक अन्तर्वार्तामा उनले आफ्नो लागि भन्दा पनि अरुको लागि जे पनि गर्न सक्ने व्यक्ति सलमान खान भएको बताए।

सलमानले आफ्नो काम निकै इमान्दारिताका साथ निभाउने बताउँदै सुखविन्दरले उनीसँग काम गर्न छुट्टै आनन्द आउने बताए।


सलमानको फिल्म ‘सुल्तान’ को शिर्ष गीत ‘ऐ सूलतान’ गाएका गायकले सलमान मनको निकै शान्त भएको र हजारौंको मद्दत गर्न तयार हुने बताए।

उलने सलमानले अब छिट्टै विवाह गरेको हेर्न चाहेको पनि अन्तर्वार्तामा बताएका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.