सुटिङ गर्दा गर्दै फेरि बहोश भए कपिल शर्मा


कमेडियन कपिल शर्मा फेरि अस्पताल भर्ना भएका छन्। ‘द कपिल शर्मा शो’ को सुटिङ गरिरहेका बेला उनी बेहोश भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

उनलाई भारतको पश्चिमी अँधेरीस्थित कोकिलाबेना अस्पताल लगिएको हो। अनिल र अर्जुन कपुरसँगै फिल्म ‘मुबारका’ को टोलीसँग सुटिङ गरिरहेका बेला कपिल रातको साढे ८ बजेतिर बेहोश भएका हुन्।

योसहित पछिल्लो दुई महिनामा कपिल तेस्रो पटक अस्पताल भर्ना भएका हुन्।

यसअघि उनी शाहरुख खान र इम्तियाज अलीका साथमा फिल्म ‘जब ह्यारी मेट शेजल’ को सुटिङका क्रममा बेहोश भएका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.