कंगनाको निधारमा तरवारले काटेपछि अस्पताल भर्ना, १५ टाँका लगाईयो


बलिउड अभिनेत्री कंगना रनावतको निधारमा तरवारले काटेपछि अस्पताल भर्ना भएकी छन्। फिल्म ‘मनिकर्निका’को सुटिङको क्रममा कंगनालाई तरबारले निधारमा काटेको हो।

फिल्मको एउटा सिनमा कंगना र सहकर्मी निहार पाण्डे तरवाबाजी गरिरहेका थिए। तर समयको तालमेल नमिल्दा कंगनाको निधारमा तरवारले काटेर उनी घाईते भईन्।

हैदराबादमा भएको उक्त घटनाको केही समयमै कंगनालाई एपोलो अस्पताल लगिएको फिल्म निर्माण पक्षले जनाएको छ। उनलाई आईसीसीयूमा भर्ना गरिएको र निधारमा १५ वटा टाँका लगाइएको छ।

उनी अस्पतालकै निगरानीमा केही दिन रहने अस्पतालले जनाएको छ। अर्को हप्ता उनी डिस्चार्ज हुन सक्ने अनुमान गरिएको छ।

फिल्म् निर्माता कमल जैनले यो कुराको पुष्टि गर्दै तरवारवाजी गरिरहँदा कंगनालाई सहकर्मी निहारको तरबारले लागेको बताए। उनले सुटिङ स्थलबाट ३० मिनेटमै कंगनालाई अस्पताल पुर्याइएको र आईसीसीयूमा भर्ना गरिएको बताएका छन्।

यस घटनाले निहार दुखी भएपनि कंगनाले उनलाई शान्त हुन भनेकी निर्माता कमलले बताए।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.