‘जग्गा जासुस’ अभिनेत्री बिदिशाले किन गरिन् आत्महत्या?


बलिउड अभिनेत्री तथा गायिका बिदिशा बेजबरुआले सोमबार राति आत्महत्या गरेकी छन्। फिल्म जग्गा जासुसमा अभिनय गरेकी २६ वर्षीय बिदिशाले आत्महत्या गर्नुको कारण उनको श्रीमान भएको आरोप लागेको छ।

श्रीमानको कारण बिदिशााले आत्महत्या गरेको भन्दै उनको आमाबुवाले प्रहरीमा उजुरी दिएका छन्।

उनको एक वर्ष अगाडी नितिश झासँग विवाह भएको थियो। बिदिशाकी आमाको अनुसार उनको बैवाहिक जीवन निकै तनावपुर्ण थियो। श्रीमानको अरु युवतीहरुसँगको सम्बन्धले बिदिशा निकै तनावमा थिइन्।

उनी श्रीमानसँग सम्बन्ध विच्छेद चाहन्थिन्। उनको श्रीमानले पनि अन्य युवतीसँगको सम्बन्ध स्वीकार गरेको बिदिशाको अामाले प्रहरीलाई बताएकी छन्।

बिदिशाको श्रीमान मुम्बइमा बस्दै आएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.