कंगनाको मजाक उडाएका करण-बरुणले मागे माफि

कंगनाको मजाक उडाएका करण-बरुणले मागे माफि


आईफा अवार्डमा अभिनेत्री कंगना रनावतनको मजाक उडाएका निर्देशक करण जोहर र अभिनेता बरुण धवनले माफि मागेका छन्।

कंगनाले बलिउडमा परिवारवाद हावी भनी दिएको अभिव्यक्तिप्रति करण, वरुण र सैफले मजाक उडाएका थिए।

यी तीनले कंगनाको मजाक उडाएपछि सामाजिक सञ्जालमा उनीहरुको निकै आलोचना भएको थियो। ट्वीटरमा करण,बरुण र सैफको कडा आलोचना हुन थालेपछि उनीहरुले कंगनासँग माफि मागेका छन्।

यो सबैको जिम्मा करण आफुले लिँदै कंगनाको कारेमा बोल्न नहुने बताएका थिए। एक अन्तर्वार्तामा करणले कंगनाको बारेमा यसरी बोल्न नहुने स्वीकार गरेका थिए।

यो पनि पढ्नुस्

कंगनाको मजाक उडाउने करण, बरुण र सैफमाथि भड्किए जनता

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.