बाहुबली निर्देशकसँग मेरो कुनै गुनासो छैनः श्रीदेवी


बलिउड अभिनेत्री श्रीदेवीले फिल्म बाहुबलीका निर्देशक एस एस राजमौलीसँग कुनै गुनासो नभएको बताएकी छन्।
उनले राजमौलीसँग मतभेदका कुरा अब पुरानो भएको र आफुँले त्यस्ता कुरालाई प्राथमिकता नदिएको बताएकी छन्।
एक अन्तरर्वार्तामा उनले राजमौलीले आफ्नो बारेमा केही नराम्रो भन्न सक्छन् भन्ने विश्वास नभएको बताइन्।

उनले भनिन्,‘मैले मनमा केही पालेको छैन, राजमौलीले मेरोबारेमा केही नराम्रो भन्छन् भन्ने मलाई विश्वास छैन। जे भयो भईसक्यो। त्यो भूमिका मेरो लागि थिएन, कलाकार भएको नाताले म चुनौतीपूर्ण भूमिकाको खोजीमा हुन्छु।’

राजमौलीसँग तेलगु फिल्ममा काम गर्दा राम्रो अनुभव भएको बताउँदै श्रीदेवीले राजमौलीको सम्मान गर्ने पनि बताईन्।

बाहुबलीमा सिवगामीकाको भूमिकामा निर्देशकको रोजाई श्रीदेवी रहेको तर उनले १० करोड रुपैयाँ मागेपछि राजमौली पछाडी परेको खबर सञ्चारमाध्यममा फैलिएको थियो।

राजमौलीले पनि एक अन्तर्वार्तामा श्रीदेवीले यो फिल्म नखेलेको राम्रै भयो भनेर प्रतिक्रिय दिएका थिए। तर पछि राजमौलीले आफुँले त्यस्तो बोल्न नहुने बताउँदै आफ्नो कारण यस्तो विवाद सृजना भएकोमा दुख व्यक्त गरेका थिए।

यो पनि पढ्नुस्

बाहुबली निर्देशकसँग मेरो कुनै गुनासो छैनः श्रीदेवी

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.