अमिताभले ‘जग्गा जासूस’ हेरेपछि दिए यस्तो प्रतिक्रिया !


बलिउड सुपरस्टार अमिताभ बच्चनले रणवीर कपुर र कट्रिना कैफ अभिनित फिल्म ‘जग्गा जासूस’ हेरेका छन्। फिल्म हेरेपछि अमिताभले फिल्म निकै रोचक र राम्रो भएको प्रतिक्रिया दिए। अनुराग बसुद्वारा निर्देशित फिल्म ‘जग्गा जासुस’ शुक्रबार रिलिज भएको थियो।

अमिताभले ट्वीटरमा फिल्मलाई लिएर आफ्नो अनुभव साट्दै लेखेका छन, ‘मैले फिल्म जग्गा जासुस हेरें, अनुरागले कति राम्रो फिल्म बनाएका रहेछन्।’

यो फिल्ममा निर्देशक करण जौहरले पनि राम्रो प्रतिक्रिया दिँदै ट्वीटरमा सार्वजनिक गरेका छन्। उनले लेखेका छन्, ‘फिल्म जग्गा जासुुसको बारेमा सुनेको थिँए, फिल्मको प्रस्तुति निकै आनन्ददायी छ र कहानी निकै असामान्य छ’।

करणले रणवीरको अभिनयको तारिफ गर्दै एकपटक फेरी उनले राम्रो कलाकार प्रमाणित गरेको बताए। करणले कट्रिनाले यो फिल्ममा अहिलेसम्मै उत्कृष्ट अभिनय गरेको प्रतिक्रिया दिएका छन्।

यो फिल्म बनाउन निर्देशकले ४ वर्ष लगाएका थिए। तर समिक्षकले भने यो फिल्मलाई राम्रो प्रतिक्रिया दिएका छैनन्।

११० करोड रुपैयाँ लगानी भएको यो फिल्मको रिलिज भएको ३ दिनमा जम्मा ३३ करोडको व्यापार भएको छ। जसलाई बलिउडका व्यपारीले कमजोर बताएका छन्। उनीहरुका अनुसार फिल्मले ३ दिनमा कम्तिमा पनि ५० -६० करोडको व्यपार गर्नुपर्ने थियो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.