लेखक पाउलो कोहेलोको नजरमा विश्वकै उत्कृष्ट अभिनेता शाहरुख

लेखक पाउलो कोहेलोको नजरमा विश्वकै उत्कृष्ट अभिनेता शाहरुख

पाउलो कोहेलोले ट्विटरमा राखेको शाहरुख खानको तस्बिर।


अन्तराष्ट्रिय रुपमा प्रख्यात ब्राजिलियन लेखक पाउलो कोहेलोले भारतीय अभिनेता शाहरुख खानलाई विश्वकै उत्कृष्ट अभिनेता बताएका छन्। उनले आइतबार बिहान आफ्नो ट्विटर अकाउन्टमा शाहरुखको तस्बिर अपलोड गर्दै शाहरुखलाई विश्वकै प्रसिद्ध र उत्कृष्ट सिनेस्टार बताएका हुन्।

तस्बिरमा शाहरुख आफ्नो फ्यानहरुसँग हात हल्लाउँदै अन्तरक्रिया गरिरहेका छन्। उनले शाहरुखको तस्बिरको क्याप्सनमा लेखेका छन्, ‘विश्वको प्रसिद्ध र उत्कृष्ट सिने स्टार को हुन्?’

पाउलोले गरेको ट्विटमा शाहरुखका हजारौं फ्यानहरुले रिट्वीट र कमेन्ट गरेका छन्।

पाउलोले ‘माई नेम इज खान’ फिल्मबाट शाहरुखको बारेमा थाहा पाएको पनि आफ्नो अर्को ट्विटमा लेखेका छन्। ‘माई नेम इज खान एन्ड आई एम नट अ टेररिस्ट’ भन्ने उक्त फिल्मको संवाद उद्धृत गर्दै उनले यो फिल्मलाई सबै स्कुल र कलेजमा अनिवार्य गर्नुपर्ने बताएका छन्।

अभिनेता शाहरुख खान बलिउडमा सुपरस्टार मानिन्छन्। उनी फिल्म क्षेत्रबाट विश्वको धेरै पैशा कमाउने अभिनेताको टप १० को सूचीमा सामेल छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.