अभिनेत्री अपहरणमा संलग्न अभिनेतालाई अदालतले पठायो जेल


अभिनेत्री अपहरण काण्डमा पक्राउ परेका दक्षिण भारतिय अभिनेता दीलिपलाई केरेलाको कोचिस्थित स्थानिय अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । अभिनेत्रीको अपहरण र यौन दुर्व्यवहारमा सम्बन्धित रहेको पाइएपछि उनलाई सोमबार प्रहरीले पक्राउ गरेको थियो । अभिनेत्री फेब्रुवरीमा अपहरणमा परेकी थिइन् ।

प्रहरीले उनी विरूद्ध अदालतमा १९ वटा प्रमाण पेस गरेको थियो । अभिनेत्रीलाई सुटिङबाट घर फर्किरहेको बेलामा अपहरण गर्दै गुडिरहेको गाडी भित्र यौन दुरव्यवहार गरिएको थियो । अपहरणकारीले ३ घण्टा उनलाई नियन्त्रणमा राखि घटनाको प्रहरीमा उजुरी गरे घटनाको भिडियो सार्वजनिक गर्ने धम्की दिदैं अपहरण मुक्त गरेका थिए ।

उनीको अपहरण गर्न करिब डेढ करोड भारतिय रूपयाँ दिइएको थियो । जेलमा रहेका अपहरणकारीसँगै बसेका अर्का कैदीले पत्रमा दिलिपको नाम उल्लेख गरेपछि उनी पक्राउ परेका हुन् ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.