हेर्नुस् यस्तो छ एनटिआरको नयाँ फिल्मको टिजर


तेलेगु फिल्म स्टार एनटिआर जुनियरको अगामी फिल्म ‘जय लभ कुश’को टिजर रिलिज भएको छ । रिलिज टिजरमा एनटिआरलाई रावणलाई आदर्श मान्ने पात्रको रूपमा प्रस्तुत गरिएको छ ।

बबीको निर्देशनमा तयार भएको फिल्ममा निभेथा थोमस तथा राशी खन्नाको पनि मुख्य अभिनय रहेको छ । टिजर सार्वजनिक भएपछि एनटिआरलाई एक फिल्ममेकरले आफुले सुनाएको कथा चोरेर बनाएको आरोप लगाएका थिए । जसको जवाफ एनटिआरले फिल्म हेरेपछि स्पष्ट हुने भन्दै चोरीको आरोपको प्रतिवाद गरेका छन् ।

उनको पछिल्लो रिलिज ‘जनता ग्यारेज’ले वक्सअफिसमा सर्वाधिक कमाइ गरेको थियो । बक्सअफिसमा उसको कमाइ तेलेगु फिल्महरूको सर्वकालिन कमाइमा  ‘बाहुबली २’ पछि दोस्रो हो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.