शाहरूखले भनेः आमिर र सलमानसँग काम गर्न राम्रो कथा हुनुपर्छ


बलिउड अभिनेता शाहरूख खानले सलमान र आमिर खानसँग काम गर्न चाहेको बताएका छन्। अगस्टमा रिलीज हुने नयाँ फिल्म ‘जब ह्यारी मेट शेजल’ को प्रचार कार्यक्रममा शाहरूखले यो कुरा बताएका हुन्।

उनले भने, ‘कसैसँग हामी तीनै खान वा दुई मात्र बराबर फिट हुने राम्रो फिल्मको कथा छ भने हामी सँगै काम गर्नेछौं। पछिल्लो ४/५ वर्षमा मैले कुनै यस्तो कथा भेटेको छैन जसमा दुई ठूला कलाकारले बराबरको भूमिका पाऊन्।’

उनले आफूहरू तीनजनालाई सँगै काम गर्न कुनै समस्या नभएको पनि बताएका छन्। ‘हामीलाई सँगै फिल्म खेल्न कुनै आपत्ति छैन। हामी त राम्रो कथा भए सँगै काम गर्ने भनेर कति यसबारे कुरा पनि गर्छौं।  मैले सलमान र आमिरलाई धेरै पटक भनिसकें साथ काम गरूँ भनेर।’

उनले फिल्मको कथा राम्रो नभए तीनै ठूला कलाकार सँगै काम गर्नु बेकार हुने बताएका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.