सलमानले फर्काइदिए ‘ट्यूबलाइट’ का वितरकको पैसा


सलमान खानको पछिल्लो फिल्म ‘ट्यूबलाइट’ फ्ल्प भएको छ। बक्स अफिसमा खासै कमाइ गर्न नसकेको फिल्मका वितरकले समेत पैसा फिर्ता मागिरहेका थिए। भारतीय समाचारमाध्यमले उल्लेख गरेअनुसार सलमानले उनीहरुको पैसा फिर्ता गरिदिएका छन्।

सलमानको होम प्रोडक्सन फिल्म ट्यूबलाइटका वितरकले आफूले नोक्सानी बेहोर्नु नपरोस् भनेर उनीसँग पैसा भर्पाइका लागि अपील गरेका थिए। उनीहरुको अपील स्वीकार्दै सलमानले पैसा फिर्ता दिएका हुन्।

यसअघि रजनीकान्तले पनि आफ्नो फिल्म ‘बाबा’ असफल भएपछि वितरकलाई पैसा फिर्ता दिएका थिए।

सलमानले भने पहिलोपटक यो कदम चाल्नु परेको हो। पछिल्ला वर्षमा सलमानका फिल्म सुपरहिट हुँदै करोड कमाउनेको सूचीमा दर्ता हुँदै आएका थिए। सलमानले करिब ८०–९० करोड रुपैयाँ भर्पाइ दिएका बताइएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.