क्याटरिना र लिबियाका तानाशाह गद्दाफीको फोटो सार्वजनिक भएपछि बबाल

क्याटरिना र लिबियाका तानाशाह गद्दाफीको फोटो सार्वजनिक भएपछि बबाल


क्याटरिना कैफ एकपल्ट फेरि चर्चामा छन्। यतिबेला उनी आफ्नो आगामी फिल्म ‘जग्गा जासूस’ का लागि नभई लिबियाका तानाशाह मुआम्मर गद्दाफीसँग खिचेको एउटा फोटोका कारण। इन्टरनेटमा क्याटरिनाले गद्दाफीसँग खिचेको फोटो भाइरल भएपछि उनी फेरि चर्चामा छिन्।

सोमबार मात्र ट्विटरमा दूर्लभ मानिने यो तस्वीर सार्वजनिक भएको थियो। फोटोमा क्याटरिनासँगै अन्य नायिका नेहा धुपिया, मोडल अदिती, आञ्चल कुमार र शमिता सिन्घा पनि समावेश छन्। फोटो १५ वर्ष अगाडिको हो भने क्याटरिनाको उमेर त्यतिबेला १८ वर्ष मात्र थियो।

केही वर्षअघि हलिउडकी चर्चित पप स्टार वियोन्से, मारिया क्यारेलगायत केही स्टार गद्दाफीको छोराले आयोजना गरेको प्राइभेट पार्टीमा पैसा लिएर परफर्म गर्न गएका थिए। त्यतिबेला उनीहरुको कडा आलोचना भएको थियो।

त्यसैले अहिले क्याटरिनाको गद्दाफीसँगको फोटोले चर्चा बटुलेको छ। जनरल गद्दाफीको २०११ मा हत्या भएको थियो।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.