रहिनन् बलिउड अभिनेत्री सुमिता


अभिनेत्री सुमिता सान्यालको निधन भएको छ। ७१ वर्षीया सान्यालले थुप्रै बंगाली र केही बलिउड फिल्ममा काम गरेकी छन्। उनले काम गरेका केही बलिउड फिल्म ‘आशीर्वाद, आनन्द, गुड्डी र मेरे अपने’ हुन्।

सान्यालको कोलकातास्थित आफ्नै निवासमा गत आइतबार बिहान करिब साढे १० बजे हृदयघातका कारण मृत्यु भएको बताइएको छ। उनको जन्म सन् १९४५ मा भएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.