किन शाहरुख–अनुष्का कपिल शर्माको शोमा सुटिङ नगरि फर्किए?


‘जब हेरी मिट सेजल’ फिल्मको प्रमोटका लागि शाहरुख खान र अनुष्का शर्मा केही समय अगाडि ‘दि कपिल शर्मा’ शोको सेटमा पुगेका थिए। तर, यी दुवै स्टार कलाकार कपिल शर्मा शोको सुटिङ नहुँदै फर्किनु परेको छ।

कमेडियन कपिल शर्मा पछिल्लो समय निकै तनावमा छन्। उनी सुटिङका लागि शाहरुख र अनुष्का सुटिङका लागि आउनु पूर्व नै सेटमा बेहोस हुन पुगेका थिए। हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार शुक्रबार राती कपिल शर्मालाई शाहरुख–अनुष्कासँग उनीहरुको अघिल्लो फिल्मको प्रमोशनका लागि सुटिङ गर्नु पर्ने थियो। तर, सेटमै कपिल बेहोस भएपछि दुवै सुटिङ नगरि फर्किएका थिए।

कपिल शर्माको शोको टिआरपी पछिल्लो समय ओरालो लागिरहेको छ। त्यसैले उनी आफ्नो शोको टिआरपी बढाउन रातदिन काम गर्ने गरेको बताइएको छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.