बिपाशाको हनिमुन सकियो, फिल्ममा फर्कने निर्णय


अभिनेत्री विपाशा बासु २ वर्षपछि फेरी फिल्ममा फर्कने भएकी छन्। विवाह गरेर हनिमुनमै लामो समय बिताएपछि उनले फिल्ममा फर्कने निर्णय गरेकी छन्।

भारतीय सञ्चारमाध्यका अनुसार बिपाशाले क्रियाज इन्टरटेनमेन्टको आगामी प्रोजेक्टमा काम गर्न साइन गरेकी छन्।

उनको विवाहपछिको यो पहिलो फिल्म हो। एक वर्षअघि बिपाशाले अभिनेता करण ग्रोवरसँग विवाह गरेकी थिइन्। विवाहपछि फिल्म संसारबाट हराएपनि उनी सामाजिक सञ्जालमार्फत आफ्नो फ्यानहरुसँग जोडिएकी थिइन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.