अनुष्का शर्माले लगाइन् करण जोहरमाथि यौन हिंसाको आरोप !


बलिउड अभिनेत्री अनुष्का शर्माले निर्देशक करण जोहरमाथि गम्भीर आरोप लगाएकी छन्। उनले करणले आफूलाई नराम्रो नियतले छोएको आरोप लगाएकी छन्।

फिल्म‘ए दिल है मुस्किल’ को सुटिङको बेला सेटमै करणले खराब नियतले छोएको र त्यो स्पर्श आफूलाई सह्य नभएको उनले बताईन्।  करण जोहरले नै सञ्चालन गर्ने कार्यक्रम ‘कफि वीथ करण’ मा अभिनेत्री अनुष्काले करणमाथि यौन हिंसाको मुद्धा दायर गर्ने मनस्थितिमा भएको स्वीकारेकी थिईन्। करणमाथि पहिले पनि यस्तो आरोप लाग्दै आएको छ।

उनको भनाईलाई सबैले हाँसो ठट्टाको रुपमा लिएपनि फिल्म जगतमा यस्तो हुनु सामान्य मानिन्छ। भारतीय फिल्म उद्योगमा आफ्नो करिअरको लागि महिला कलाकारले यौन हिंसाको सिकार हुनुपरेको घटना बेला बेला सार्वजनिक हुने गर्छन्।

सबै कलाकारले आफूमाथिको अन्याय करिअर धरापमा पर्ने डरले खुलेर कुरा पनि गर्न सक्दैनन्। तर बाहिरबाट देखिन रमाईलो मनोरञ्जनको संसारको भित्री दुनियाँ भने अर्कै हुन्छ।

केही समय अगाडि अभिनेत्री कंगना रनावतले पनि फिल्म उद्योगमा संर्घष गर्दा आफूमाथि सिनियर कलाकारले यौन हिंसा गरेको र आफ्नो बाध्यताको फाइदा उठाएको बयान दिएकी थिईन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.