प्रियंकाले अब सिरियल बनाउने


अभिनेत्री प्रियंका चोपडाले अब टेली सिरियल बनाउने भएकी छन्। आफ्नो पर्पल पैबल पिक्चर प्रोडक्शन हाउसको ब्यानरबाट उनले यसअघि थुप्रै स्थानिय भाषाको फिल्मको निर्माण गरिसकेकी छन्।

अब उनी टेली सिरियल निर्माण गर्ने तयारीमा छिन्। प्रियंकाकी आमा मधु चोपडाले सरकाले फिल्म उद्योगमा लगाएको करले फिल्मको टिकट बढ्ने र दर्शक प्रभावित हुने भएकाले अब टेली सिरियलमा प्रयास गर्ने बताईन्।

पर्पल पेबल प्रोडक्शन हाउसले ‘भेन्टिलेटर’, भोजपुरीमा ‘बम बम बोल रहा है काशी’, पंजाबीमा ‘सरवनु’ जस्ता फिल्म निर्माण गरेको छ।

प्रियंका चोपडा बलिउडमा मात्र नभई हलिउडमा पनि निकै चर्चित छिन्। अहिले उनी हलिउड फिल्म ‘अ किड लाईक ज्याकु’को सुटिङमा व्यस्त छिन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.