कट्रीना कैफले भेटिन् तिब्बती धर्मगुरु दलाई लामालाई


बलिउडकी अभिनेत्री कट्रीना कैफले तिब्बती धर्म गुरु दलाई लामालाई भेटेकी छन्। आगामी फिल्म ‘जग्गा जासुस’ को प्रमोशनमा व्यस्त कट्रीनाले दलाई लामासँग खिचिएको एक तस्वीर आफ्नो इन्स्टाग्राममा राखेकी छन्।

दलाई लामाको ८२ औं जन्मदिनको अवसरमा उनले उक्त फोटो सेयर गरेकी हुन्। फोटोको क्याप्सनमा उनले आज दलाई लामाको ८२ अौं जन्मदिन भएको बताएकी छन्।

अनुराग बसद्वारा निर्देशित ‘जग्गा जासुस’मा उनको जोडी रणवीर कपुरसँग छ। १४ जुलाईमा रिलिजको तयारीमा रहेको फिल्मको प्रमोशनमा कट्रीनाले अनेक उपाय लगाईरहेकी छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.