रनवीरको जन्मदिनमा प्रेमिका दिपीकासँग ‘लेट नाईट ड्राइभिङ’


बलिउड अभिनेता रनवीर सिंह आज आफ्नो ३२ औं जन्मदिन मनाईरहेका छन्। उनले आफ्नो जन्मदिनमा प्रेमिका अभिनेत्री दिपीका पादुकोणसँग मनाएका छन्।

जन्मदिनको अवसरमा रनवीरले एउटा कार किनेका छन्। उनले लगभग ७ करोड रुपैयाँको कार किनेको बताईएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार रनवीरले कार किनेपछि सिधै दिपीकाको घर गए र घुम्न निस्किए। समाचारमाध्यमका अनुसार राती अवेरसम्म रनवीर र दिपीकालाई नयाँ कारमा मुम्बईको बान्द्रामा भेटिएको थियो।

रणवीर कपूरसँग ब्रेकअप भएपछि दिपीका रनवीर सिंहको प्रेममा छिन्। उनीहरुले ‘बाजिराव मस्तानी’, ‘राम लिला’ जस्ता हिट फिल्ममा सँगै काम गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.