‘प्रियंकाको जीवन पट्यारलाग्दो’


अभिनेत्री प्रियंका चोपडाकी आमा मधु चोपडाले आफ्नी छोरीको जीवन निकै पट्यारलाग्दो भएको बताएकी छन्। उनले प्रियंका आफ्नो काममा निकै तल्लिन हुने र अरु बाहिरी कुरा केही पनि गर्न नभ्याउने बताईन्।

उनको आमाले भनिन्,‘मेरो छोरीको जीवन निकै पट्यारलाग्दो छ, उनी विहान काममा जान्छिन र बेलुका घर फर्कन्छिन्, उनको जीवनमा अरु कुनै मनोरञ्जन नै छैन।’

अगामी फिल्म ‘के रे रास्कला’ को प्रमोशनको बेला प्रियंकाकी आमा मधु चोपडाले प्रियंकाको वायोपिक फिल्म बनाउँदा के होला भन्ने विषयमा कुरा गर्दा उनले आफ्नो छोरीले जीवनको एक तिहाई पनि नजिएको भन्दै उनको वायोपिक निकै झुर हुने बताएकी हुन्।

उनले प्रियंकाको जीवन अरु युवाहरुको लागि निकै प्रेरणादायी हुने बताउँदै विश्वस्तरमा प्रियंकाको विषयमा एउटा किताब नै लेखिनुपर्ने बताईन्।

अहिलेका युवा पिढीले प्रियंकाको कुरालाई सुन्ने र बुझ्ने गर्ने भएकाले युवाहरु लाभान्वित हुन सक्ने प्रियंकाकी आमाले बताईन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.