शाहरुखले दिए सलमानलाई कार ‘गिफ्ट’


बलिउडका ‘करण–अर्जुन’ जोडी शाहरुख खान र सलमान खानको मित्रता र दुश्मनीको चर्चा बलिउडमा सधैं भईरहन्छ।

केही समय अगाडिसम्म एक अर्काको कुरा काट्दै हिड्ने यी दुई खानबीचको मित्रता अहिले गाढा हुँदै गएको देख्न सकिन्छ।

हालै शाहरुख खानले सलमान खानलाई महंगो कार उपहारमा दिएका छन्। सलमानको फिल्म ट्युवलाईटमा शाहरुखले पाहुनाको भूमिका निभाएका थिए भने अब साहरुख खानको आउन लागेको फिल्ममा सलमान खानले एक गीतमा खेल्ने बताईएको छ ।

यसैकारण शाहरुखले सलमानलाई खुसी पार्न उपहारमा कार दिएको भारतीय सञ्चारमाध्यममा खबर छ।

शाहरुखले कुन कार उपहारमा दिए भन्ने अहिले कुनै खबर नभएपनि उनले सलमानलाई भारतमा भर्खरै लन्च भएको कार दिएको बताईएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.