बिद्या बालनको चिन्नै नसकिने नयाँ रुप

बिद्या बालनको चिन्नै नसकिने नयाँ रुप


बलिउड अभिनेत्री बिद्या बालनले  नयाँ फिल्मको लागि आफ्नो नयाँ रुप सार्वजनिक गरेकि छन्।

सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो नयाँ रुपको तस्वीर सार्वजनिक गर्दै बिद्याले क्याप्सनमा आफुले जीवनमा पहिलोपटक यस्तो भूमिका निभाएको  लेखेकि छन्।

चुनौतीपूर्ण भूमिका निभाउन रुचाउने बिद्याले अहिले नयाँ फिल्मको लागि एकदमै नयाँ भूमिका रोजेकि छन्। उनको चिन्नै नसक्ने तस्वीर सार्वजनिक भएपछि उनलाई इन्स्टामा पछ्याउनेहरुले थुप्रै प्रतिक्रिया दिएका छन् । उनले खेल्न लागेको फिल्मको नाम भने सार्वजनिक भएको छैन।

यसअघि बिद्या बालन फिल्म ‘कहानी २’ मा देखिएकि  थिईन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.