रजनीकान्तकी छोरीले गरिन् ‘डिभोर्स’


सुपरस्टार रजनीकान्तकी छोरी सौन्दर्या रजनीकान्त र ज्वाई अश्विनको डिर्भोस भएको छ। सात वर्ष देखिको बिवाह सम्बन्धलाई सौन्दर्या र अश्विनले यसै हप्ता टुङ्गाएका छन्। उनीहरुको डिर्भोस सहमतिमा नै भएको हो।

सौन्दर्याले अघिल्लो वर्ष नै डिर्भोसको फाइल गरेकि थिईन्। भारतीय पत्रिका टाइम्स अफ इन्डियाको रिर्पोट अनुसार उनीहरु सात महिनादेखि अलग–अलग बस्दै आएका थिए। उनीहरुको दुईवर्षको एउटा छोरा पनि छ। छोरा कोसँग बस्ने भन्ने खबर छैन।

तीन वर्ष अघि नै सौन्दर्याले आफ्नो विवाहको समस्याबारे खुलेर कुरा गरेकि थिइन्। उनले आफुले विहे भएको तीन वर्षसम्म पनि नयाँ परिवारमा समायोजन नै हुने प्रयास गरेको बताईन्। उनले श्रीमान र आफ्नो जीवनशैली निकै फरक भएको बताउँदै निकै समस्या झेल्नुपरेको बताएकि थिईन्।

खबरका अनुसार सौन्दर्याले आफ्नो थरमा रजनीकान्त नै राखेको र परिवर्तन गर्न नमानेको कारण उनको घरमा समस्या देखिएको थियो।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.