अनुष्कासँग पहिलोपटक काम गर्न उत्साहित छुः बरुण धवन

अनुष्कासँग पहिलोपटक काम गर्न उत्साहित छुः बरुण धवन


बलिउड अभिनेता बरुण धवन र अभिनेत्री अनुष्का शर्मा पहिलो पटक फिल्ममा एकसाथ देखिदैँछन्। यशराज फिल्मसको नयाँ फिल्म ‘सुई धागा–मेड इन इन्डिया ’मा यी दुई कलाकार सँगै देखिने भएका हुन्।

अनुष्कासँग पहिलोपटक जोडी बनेर खेल्न लागेकाले यो फिल्मप्रति आफु निकै उत्साहित भएको बताउँदै बरुणले अनुष्कासँग फिल्म खेल्न मजा आउने बताए।

यो फिल्म स्वदेशी सामानकाे प्रवर्द्धनलाई समर्थन गर्ने उदेश्यबाट प्रेरित छ।

बरुणले महात्मा गान्धीदेखि प्रधानमन्त्री मोदीसम्मले मेड इन भारतको मन्त्र जप्ने बताउँदै यहि फिल्म मार्फत आफुले देशका युवालाई सन्देश दिने बताए।

महात्मा गान्धिको जन्म जयन्तीको अवसरमा रिलिज गर्ने लक्ष्यका साथ यो फिल्मको सुटिङ हुनेछ। फिल्मलाई निर्देशक शरत कटारियाले निर्देशन गर्ने भएका छन् भने यसको निर्माण मनिष शर्माले गर्नेछन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.