‘बिग बोस’ सहभागी मन्दनाले दिईन् श्रीमान विरुद्ध घरेलु हिंसाको उजुरी


भारतीय प्रख्यात रियालिटि सो ‘बिग बोस’ मा सहभागी मोडल मन्दना करीमीले श्रीमान विरुद्ध घरेलु हिंसाको उजुरी दिएकि छन्।

फिल्म ‘क्या कुल हैं हम’ बाट बउिउडमा छिरेकी करीमाले पाँच महिना अगाडी मात्रै व्यपारी गौरव गुप्तासँग विवाह गरेकी थिईन्।

उनले आफ्नो श्रीमान विरुद्ध घरेलु हिंसाको उजुरी दिँदै श्रीमानको परिवारले आफुँमाथि दुर्व्यवहार गरेको आरोप लागाएकि छन्। उनले श्रीमानको परिवारले आफुँलाई घरबाट निकालिदिएको आरोप लगाईन्।

मन्दनालाई मोडलिङको काम नगर्न घरका सदस्यले दवाव दिएपछि कुरा विग्रिएको थियो। अब मन्दनाले डिभोर्स माग्ने बताईएको छ।

कार्यक्रम ‘बिग बोस’ अभिनेता सलमान खानले सञ्चालन गर्थे।  मन्दना करीमीले ‘बिग बोस’ बाट निकै राम्रो चर्चा बटुलेकि थिइन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.