‘ट्युबलाईट’ मा आफ्नो भूमिका दर्शकले पचाउनै नसक्ने भन्दै सलमानले दिए कबीरलाई दोष

‘ट्युबलाईट’ मा आफ्नो भूमिका दर्शकले पचाउनै नसक्ने भन्दै सलमानले दिए कबीरलाई दोष


आफ्नो पछिल्लो फिल्म ‘ट्युबलाईट’ले सोचे जस्तो सफलता पाउन नसकेपछि बलिउड अभिनेता सलमान खान अहिले तनावमा छन्।

उनका अन्य फिल्मजस्तै यो पनि हिट हुने धेरैको आकलन थियो। तर, फिल्मले मिश्रित प्रतिक्रिया पाउँदै सोचेको जस्तो व्यापार गर्न सकेन।

फिल्मले दर्शकको मन छुन नसकेपछि अहिले सलमान र ‘ट्युबलाईट’ निर्देशक कबीर खानबीच द्वन्द्व चलेको छ।

फिल्मको मुख्य खम्बा मानिएका दुई खान अहिले फिल्म नचल्नुमा एकअर्कालाई दोष दिँदै हिँड्न थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि सलमान र कबीरले ‘बजरंगी भाइजान’, ‘टाइगर’ जस्ता हिट फिल्ममा सँगै काम गरेका थिए। तर, अहिले यो जोडीको कामले पहिले जस्तो सफलता नपाएपछि उनीहरूबीच

स्रोतका अनुसार सलमानले यो फिल्म खेल्न नै चाहेका थिएनन् तर निर्देशक कबीरको भरोसामा काम गरे। फिल्म हेरेपछि सलमानले नै यो फिल्म धेरै नचल्ने दावी गरेको भारतीय समाचारमाध्यमले उल्लेख गरेका छन्। फिल्ममा सलमानले खेलेको भूमिका दर्शकले पचाउनै नसक्ने भएको सलमानको निष्कर्ष छ। यसको दोष सलमानले कबीरलाई दिएका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.