शाहरूखले रनवीर कपुरलाई किन दिए ८ हजार रूपैयाँ?

शाहरूखले रनवीर कपुरलाई किन दिए ८ हजार रूपैयाँ?


शाहरूख खानले रनवीर कपुरलाई ८ हजार रूपैयाँ दिएका छन्। उनले यो पैसा पुरस्कार स्वरूप रनवीरलाई दिएका हुन्।

शाहरूखले रनवीरलाई पुरस्कार किन दिए त, त्यो पनि ८ हजार रूपैयाँ?

यसको सुरूवात शाहरूखको आउँदो फिल्म ‘जब ह्यारी मेट सेजल’ को नामबाट भएको हो।

यो फिल्मको नामबारे निकै चर्चा भइरहेका बेला ‘जब ह्यारी मेट सेजल’ टुंगो लागेपछि रनवीरले यो नाम आफूले सिफारिस गरेको भनेका थिए। ‘म शाहरूखसँग भेट्न स्टुडियोमा गएको बेलै मैलो यो नामको सुझाव दिएको थिएँ।  त्यसबेला सबैले बकवास नाम भने। अहिले पोस्टर रिलीज भएपछि मैले भनेकै नाम राखिएछ। मेरो खुसीको सीमा नै रहेन,’ उनले भने।

उनले यति मात्र नभएर शाहरूखलाई सन्देश पनि दिएका थिए। उनले भनेका थिए, ‘शाहरूख सर, म आफ्नो पुरस्कार लिन आउँदैछु। ५ हजार रुपैयाँ नगद तयार राख्नुहोला।’

शाहरूखले रनवीरलाई इम्तियाज अली जन्मदिनको पार्टीमा भेटेका बेला ५ हजार भारू हातमा दिदैं रनवीरले नै उक्त नाम सिफारिश गरेको स्वीकारेका थिए। शाहरूखले रनवीरलाई पैसा दिदैं गरेको फोटो पनि सेयर गरेका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.