कपिल शो छाडेका यी कलाकार भन्छन्- कपिलसँग फेरि काम गर्न समस्या छैन – Setopati Nepal's Online Newspaper

कपिल शो छाडेका यी कलाकार भन्छन्- कपिलसँग फेरि काम गर्न समस्या छैन


कलाकार कपिल शर्मा र सुनील ग्रोवरबीच विवाद भएपछि धेरै कलाकारले ‘द कपिल शर्मा शो’ छाडेर गएका छन्। सुनीलसहित कलाकारहरु अली अस्गर (नानी), चन्दन प्रभाकर (चन्दु) र सुगन्धा मिश्राले उक्त शो छाडेका थिए।

सुनील शोमा नफर्किने भन्दै आफ्नो डाक्टर महसुर गुलाटीको भूमिका शसक्त बनाउनतर्फ लागेका छन् भने अन्य कलाकार पनि उनीसँगै काम गर्दै आएका छन्।

तर, यीमध्ये एक कलाकारले भने आफूलाई कपिलको शोमा फर्कन कुनै समस्या नभएको बताएका छन्। उनी हुन्- अली अस्गर (नानी)। उनले एक अन्तरवार्तामा भनेका छन्, ‘मेरो कपिलसँग कुनै झगडा भएको छैन। एकजनासँगको व्यवहारको सामूहिक प्रतिक्रिया मात्र हो। यस विषयमा कुनै कुरा नभएपछि मलाई केही समस्या भएन।’

उनले कपिलसँग फेरि काम गर्न कुनै समस्या नभएको बताएका हुन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.