प्रभाष र सलमानले एकसाथ मेरो फिल्ममा काम गर्ने कुरा हल्ला होः रोहित सेट्टी – Setopati Nepal's Online Newspaper

प्रभाष र सलमानले एकसाथ मेरो फिल्ममा काम गर्ने कुरा हल्ला होः रोहित सेट्टी


फिल्म बाहुबलीबाट नयाँ पहिचान पाएका दक्षिण भारतीय अभिनेता प्रभाषको बलिउडमा निकै चर्चा भइरहेको छ। उनलाई आफ्ना फिल्ममा अनुबन्धित गर्न निर्माताको तँछाडमछाड चलिरहेको छ। प्रभाषको लोकप्रियता र फिल्मको सफलताले निर्माताहरु लोभिएका छन्।

तर, प्रभाषलाई आफ्नो फिल्ममा लिने चाहना सबैको पूरा हुने देखिदैंन। एक त उनी एकदमै कम फिल्म खेल्ने बताउँदै आएका छन् भने अर्को उनको पारिश्रमिक सुनेरै निर्माताहरुको पसिना आउँछ। हालै मात्र प्रभाषले आफ्नो पारिश्रमिक ८० करोड भारु बताएको पनि भारतीय समाचारमाध्यले उल्लेख गरेका छन्।

प्रभाषले बलिउडमा डेब्यू गर्ने चर्चा चलेको धेरै भइसक्यो। केही समयअघि उनले करन जोहरका साथ बलिउडमा डेब्यू गर्ने चर्चा थियो।

अहिले प्रभाषलाई रोहित सेट्टीले आफ्नो फिल्ममा सलमान खानसँगै लिन लागेको कुराले बलिउड तताएको छ। तर, यो कुरालाई रोहितले खण्डन गर्दै हल्ला मात्र भएको बताएका छन्। उनले भनेका छन् यो गलत खबर हो। म तीन सातादेखि स्पेन फियर फ्याक्टरको सुटिङमा व्यस्त छु। यो हल्ला कहाँबाट कसरी फैलियो मलाई थाहा छैन।

भारतीय समाचारमाध्यमले प्रभाष र सलमानलाई सँगै काम गरेको देख्न चाहनेहरुले यस्तो हल्ला चलाएको हुन सक्ने विश्लेषण गरेका छन्। प्रभाषले मागेको पारिश्रमिकका विषयमा पनि यस्तै हल्ला मात्र भएको टिप्पणी आइरहेका छन्। यसबारे प्रभाष र कुनै निर्माताले आधिकारीकरुपमा केही बताएका छैनन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.