आलिया अभिनित ‘राजी’को अनपेक्षित कमाइ, सुपरहिट हुने बाटोमा


आलिया भट्ट स्टारर ‘राजी’ले वक्सअफिसमा अनपेक्षित कमाइ गर्न सफल भएको छन्। फिल्मले प्रदर्शनको तेस्रो दिनसम्ममा फिल्मले ३२.९४ करोड भारूको कारोबार गर्न सफल भएको छ।

हरिन्द्र सिक्का लिखित ‘कलिङ सेहेमत’ नामक किताबमा आधारित पोलेटिकल थ्रिलर फिल्मलाई दर्शकले  विषय, प्रस्तुति र कलाकारको अभिनयका कारN मनपराइरहेको भारतीय मिडियाहरूले जनाएका छन्।

अन्य भारतीय मसाला फिल्मको श्रेणीमा नपर्ने ‘राजी’लाई समिक्षकहरूले उत्कृष्ट भन्ने प्रतिक्रिया दिइरहेका छन्।

फिल्मले पाकिस्तानी सैन्य अधिकृतसँग विवाह गरेकी एक भारतीय महिलाको कथा पेस गर्छ। आलिया भट्टले फिल्ममा ‘सेहेमत’ नामक पात्रको केन्द्रिय भूमिका निर्वाह गरेकी छन्। उनले विवाह पश्चात फिल्ममा भारतीय सेनाका लागि जासुसी गर्छिन्।

भारतका बलिउड फिल्म व्यापार विश्लेषक तरण आदर्शले फिल्मको कमाइलाई गतिलो कमाइको संज्ञा दिएका छन्। उनका अनुसार फिल्मले रिलिजको दिन शुक्रबार ७.५३, शनिबार ११.३०, आइतबार १४.११ करोड भारू कमाएको उल्लेख गरेका छन्।

उनले आफ्नो एक ट्विटमा फिल्मको गति हेर्दा फिल्म सुपरहिट हुने बाटोमा रहेको बताए।

मेघना गुलजार निर्देशीत फिल्ममा आलिया भट्टका अलावा क्की कौशल, शिशीर शर्मा, रजित कपुर, सोनी रजदान तथा जयदीप अल्हावतको प्रमुख अभिनय रहेको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.