फिल्म ‘फ्लप’ भएको २५ वर्षपछि निर्मातासँग निर्देशकले माफी मागे


‘रूपकी रानी चोरोंका राजा’ फिल्मबाट बलिउडमा डेब्यू गरेका चर्चित निर्देशक सतिश कौशिकले सो फिल्म फ्लप भएको २५ वर्षपछि माफी मागेका छन्। सोही फिल्मबाट डेब्यू गरेका कौशिकले ट्वीटबाट माफी मागेका हुन्।

‘२५ वर्ष पहिला बक्सअफिसमा फिल्म असफल भयो तर यो मेरो पहिलो सन्तान थियो र सधैँ दिलको नजिक हुनेछ। म्याडम श्रीदेवीको सम्झना गर्दै मलाई ब्रेक दिने बोनी कपुरसँग माफी माग्छु’ भनेर ट्वीट गरेका छन्।

उनले फिल्मको पोस्टर सहितको ट्विट गरेका थिए। सो समयमा लाखौंमा फिल्म निर्माण हुने भएको भए पनि सो फिल्म निर्माण गर्न करिब ९ करोड भारू लागेको थियो। रिलिजपछि फिल्म नराम्ररी पछारिएको थियो। फिल्म सन् १९९३ मा रिलिज भएको थियो। सो फिल्ममा अनिल कपुर, श्रीदेवी, ज्याकी श्राफ तथा अनुपम खेरको मूख्य भूमिका थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.