अपराधीको सूचिमा परे सलमान


हालै सलमानलाई २० अघि कालो हिरण अर्थात कृष्णसार मारेको अभियोगमा दोषी ठहर गर्दै जोधपुरको एक अदालतले पाँच वर्ष कैद सुनायो। उनी हाल जमानतमा रिहा भइसकेका छन्।

जमानतमा रहेका सलमानलाई भारतको वन्यजन्तु अपराध नियन्त्रण विभागले अपराधीको सुचिमा सुचिकृत गरेको छ। उनी सो सूचिको अन्तिम अर्थात ३९ औं नम्बरमा रहेका छन्। विभागले वन्यजन्तुको चोरी सिकार र त्यस्तै प्रकृतिको अपराध गरेकालाई सूचिकृत गर्ने गरेको छ।

जमानतमा रिहा भएका सलमान हाल ‘रेस ३’को सुटिङमा व्यस्त रहेका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.