चीनमा सलमान र आमिरलाई इरफानले यसरी पछाडि पारे


बलिउडको प्रभाव चीनमा जारी रहने देखिएको छ। चीनमा रिलिज भएका बलिउड फिल्मले एकपछि अर्को गर्दै व्यापारमा एकअर्कालाई उछिन्न थालेपछि यस्तो देखिएको हो। बलिउड अभिनेता ईरफान खानको फिल्म ‘हिन्दी मिडियम’ले चीनमा आक्रमक सुरूवाती व्यापार गर्दे यसअघि रिलिज भएका बलिउडका दुई ठूला सुपरस्टारको फिल्मलाई समेत उछिनेको छ।

फिल्मले ३.६८ मिलियन डलरको सुरूवाती व्यापार गरेपछि यस्तो भएको हो। फिल्मको यो व्यापार चीनमा रिलिज भएका आमिर खान अभिनित ‘दंगल’ तथा सलमान खान अभिनित ‘बंजरंगी भाइजान’को भन्दा बढी हो।

अप्रिल ४ मा रिलिज भएको फिल्म आमिरको ‘सेक्रेट सुपरस्टार’ पछि दोस्रो स्थानमा रहेको भारतीय संचारमाध्यमले जनाएका छन्। ‘सेक्रेट सुपरस्टार’ले चिनियाँ वक्सअफिसमा  ४१.५ करोडको सुरूवाती ग्रस कमाइ गरेको थियो।

‘हिन्दी मिडियम’ले हालसम्म २२ मिलियन डलरको कमाइ गरिसकेको छ। फिल्मले चीनमा राम्रो प्रतिक्रिया पाइरहेको छ। फिल्ममा इरफान खानसँगै पाकिस्तानी अभिनेत्री सबा कमरको मूख्य भूमिका रहेको छ। फिल्मले आफ्नो छोरीलाई अंग्रेजी विधालयमा भर्ना गर्न गर्नुपरेको संघर्षलाई आफ्नो कथा बनाएको छ।

चीनमा ‘दंगल’ले २.३ मिलयन डलरको सुरूवाती व्यापार गर्दा ‘बजंरंगी भाइजान’ले २.२५ मिलियन डलरको कमाइ गरेको थियो।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.