नयाँ फिल्म ‘राजी’मा यस्तो देखिने भइन् आलिया, हेर्नुस् टिजर


बलिउड हभिनेत्री आलिया भट्ट अभिनित ‘राजी’को टिजर बाहिरिएको छ। सार्वजनिक भएको ४० सेकेन्डको टिजरमा आलियालाई बुर्कामा देखाइएको छ।

टिजरमा उनलाई फोनमा कुरा गरिरहेको देखाइएको छ। फिल्मको ट्रेलर भने अप्रिल १० मा रिलिज हुनेछ।

फिल्म हरिन्द्र सिक्का लिखित ‘कलिङ सहमत’ उपन्यासमा आदारित रहेको छ। उपन्यासमा एक काशमिरी युवतीको वास्तविक जीवनकथामाछ। सन् १९७१ मा भएको भारत-पाकिस्तान युद्धमा उनले एक पाकिस्तानि सैनिक अधिकृतसँग विवाह गरेकी थिइन्। फिल्मले त्यसैको सेरोफेरोमा कथा भन्नेछ।

फिल्ममा आलियाको जोडीका रूपमा विक्की कौशल देखिनेछन्। मेघना गुलजार फिल्मकी निर्देशक हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.