रजनीकान्तको ‘काला’ रिलिज फेरि अन्योलमा


अभिनेता रजनीकान्त अभिनित ‘काला’को रिलिजमाथि अनिश्चितता छाएको छ। अप्रिल २७ मा विश्वव्यापी रिलिज हुने घोषणा गरिएको भए पनि तमिलनाडु फिल्म निर्माता काउन्सिल र डिजिटल सर्भिस दाताबिच ‘भिपिएफ’को दरलाई लिएर सुरू भएको विवाद टुङ्गो नपुग्ने देखिएपछि यसको असर ‘काला’को रिलिजमा देखिएको हो।

निर्माता काउन्सिल सो शुल्क नघटाइएसम्म फिल्म रिलिज नगर्ने आन्दोलनमा लागेपछी यस्तो भएको हो। ‘काला’ निर्माण कम्पनी लाइका प्रोडक्सनले सो आन्दोलनमा आफ्नो समर्थन रहेको बताउँदै आएका छन्। यसकारण वर्तमान अवस्थामा कुने परिवर्तन नभए फिल्मको रिलिज सार्न सो कम्पनी तयार भएको बताइन्छ।

फिल्ममा रजनीकान्त सुकुमबासी वस्तीका नेता एवम् ग्याङ्स्टरको भूमिकामा देखिनेछन्। उनी अभिनित साइफाइ फिक्सन ‘२.०’ पनि यसै वर्ष रिलिज हुने तयारीमा रहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.