एक करोड एमजीमा किनियो ‘बागी २’को वितरण अधिकार


शुक्रबार रिलिज हुने बलिउड अभिनेता टाइगर श्राफ अभिनित ‘बागी २’लाई पनि नेपाल वितरकले महँगो रकम तिरेका छन्। गोपीकृष्ण इन्टरटेन्मेन्टले नेपाल वितरणका लागि एक करोड नेपाली रूपैयाँ  तिरेको बताएको छ।

इन्टरटेन्मेन्टका प्रमुख निरज पौडेलले एक करोड रूपैयाँ मिनिमम ग्यारेन्टी (एमजी)मा किनेको बताएका हुन्।

‘यस सर्त अन्तरगत हामीले फिल्म चलेपनि नचलेपनि उताका निर्मातालाई एक करोड तिर्नुपर्छ’, उनले भने, ‘त्यसपछिको मुनाफा भने आधा-आधा बाढ्ने सहमतीमा फिल्म ल्याएका छौं।’ टाइगरको फिल्मलाई हालसम्म तिरियोको यो रकम नै सर्वाधिक हो। पौडेलले नेपाली दर्शकमा फिल्मको बारेमा गतिलै चासो रहेकाले उक्त रकम तिरेको बताए।

उनले ‘बागी २’ नेपालभरका करिब ११५ हलमा लाग्ने दाबी गरेका छन्। अहमद खान निर्देशित यस फिल्ममा टाइगरका अलवा उनी प्रेमीका दीशा पट्टानीको प्रमुख भूमिका रेहको छ। टाइगर र दीशाले आफ्ना नेपाली प्रशंसकलाई सम्बोधन गर्दै आइरहेको नेपाली नयाँ वर्षको शुभकामना दिदैं आफ्नो फिल्म हेर्न आग्रह गरेका छन्। फिल्मलाई एक्शन थ्रिलर श्रेणीमा राखिएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.