अल्लु अर्जुनको फिल्म ‘सरैनोडु’ले बनायो  बलिउडले बनाउन नसकेको कीर्तिमान


स्टाइलिस सुपरस्टारका रूपमा सुपरिचित रहेका दक्षिण भारतीय  तेलुगु फिल्मका सुपरस्टार अल्लु अर्जुनले यूट्यूबमा रेकर्ड कायम गरेका छन्। उनी अभिनित ‘सरैनोडु’को हिन्दी डब भर्सनले युट्युबमा सर्वाधिक हेरिएको भारतिय फिल्मको कीर्तिमान कायम गरेको छ।

१४ करोड ५८ लाखभन्दा बढी भ्युज पाउँदै सो कीर्तिमान राख्न सफल भएको हो। यससँगै फिल्मले ५० लाख लाइक बढि लाइक पनि प्राप्त गरेको छ।

‘सरैनोडु’को अर्थ असल मानिस हुन्छ। सन् २०१६ मा रिलिज भएको फिल्मको डब भर्सन यूट्यूबमा सन् २०१७ मे २८ मा रिलिज भएको थियो। बलिउड फिल्म व्यापारका विश्लेषक रमेश बालाले यसबारेमा जानकारी दिएका हुन्।

बोयापती श्रीनुले निर्देशित यस फिल्ममा अल्लु अर्जुनका साथै राकुल प्रीत सिंह, कैथरीन टेरसा र श्रीकान्तको मुख्य अभिनय छ।

५० करोड भारुमा बनेको फिल्मले बक्स अफिसमा एक सय २७ करोड कमाइ गरेको छ। फिल्ममा अल्लु अर्जुनले सत्यको साथ दिने र गलत कुराको प्रतिरोधमा उत्रिने जुझारु पात्रको भूमिका निर्वाह गरेका छन्।

‘सरैनोडु’ अल्लुका पिता अल्लु अरविन्दले निर्माण गरेका हुन्। उनका हजुरबुवा अल्लु रामा लिंगैया फिल्ममा कमेडियन थिए भने उनकी फुपूले दक्षिण भारतीयकै सुप्रसिद्ध कलाकार चिरञ्जीवीसँग विवाह गरेकी थिइन्।  अल्लु अर्जुनको फिल्म यूट्यूबमा रिलिज हुँदा ट्रेन्डिङमा पर्न सफल भएको थियो। नेपालमा समेत राम्रो फ्यान फलोइङ कमाएका अल्लुको सो फिल्म यूट्यूबमा रिलिज भएपछि करिब साता दिनसम्म नेपालको यूट्यूब ट्रेन्डिङमा एक नम्बरमा पर्न सफल भएको थियो।

अल्लु अर्जुन अभिनित ‘डिजे’ पनि नेपालको युट्युब ट्रेन्डिङमा नम्बर एकमा परेको थियो। सो फिल्मलाई हालसम्म अहिलेसम्म १२ करोड ४८ लाखभन्दा बढी पटक हेरिसकिएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.