अजयको ‘रेड’ बन्यो वर्षकै सर्वाधिक दोस्रो ओपनर


शुक्रबार रिलिज भएको अजय देवगन अभिनित ‘रेड’ले वक्सअफिसमा गतिलो सुरूवात गरेको छ। फिल्मको गतिलो सुरूवाती कमाइले फिल्मलाई यस वर्षको सर्वाधिक सुरूवाती व्यापार गर्ने दोस्रो फिल्म बनाएको छ।

फिल्मले सुरूवाती तीन दिनमा ४१. २५ करोड भारूको कमाइ गरेपछि यस्तो भएको हो। बलिउड फिल्म व्यापार विश्लेषक रमेश बालाका अनुसार फिल्मले वर्षकै दोस्रो ठूलो ‘ओपनिङ’ पाएको छ। उनका अनुसार फिल्मले रिलिजको दिन १०.०४ करोड व्यापार गरेको छ भने दोस्रो र तेस्रो दिन क्रमश: १३.८६ तथा १७.३५ करोड भारू कमाइ गर्न सफल भएको छ।

उनले यसलाई शानदार कमाइ भनेका छन्। फिल्मलाई दर्शक तथा समिक्षक दुबैले राम्रो प्रतिक्रिया दिएका छन्। आगामी दिनमा पनि फिल्मले यो व्यापरलाई पछ्याउने विश्वास गरिएको छ। फिल्म ८० को दशकमा घटेको केहि सत्य घटनामा आधारित रहेको छ। फिल्ममा अजयका अलावा इलियाना डिक्रुज तथा शौरभ शुक्लाको अभिनय रहेको छ। फिल्मका निर्देशक राज कुमार गुप्ता हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.