रसियन प्रेमीसँग विवाह गरिन् अभिनेत्री श्रेयाले


विशेषगरी तेलेगु फिल्ममा सक्रिय अभिनेत्री श्रेया शरनले आफ्नो लामो समयदेखिका रसियन प्रेमी आन्द्रेइ कोसचेभसँग विवाह गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

मुम्बईबाट प्रकाशित हुने ‘मिड डे’ पत्रिकाको हवालादिदैं हिन्दुस्तान टाइम्सले पारिवारिक समारोहका बिच श्रेयाले विवाह समाचार छापेको छ। सो विवाह समारोहमा निटक पारिवारिक सदस्य र मित्रहरूमात्र सहभागी भएका थिए। सो समारोहमा बलिउडबाट मनोज बाजपेयी र उनी पत्नी सबानामात्र सहभागी भएका थिए। उनीहरू श्रेयाका छिमेकी हुन्।

श्रेयाले १२ मार्चमा मुम्बईस्थित लोखण्डवाला निजी निवासमा विवाह गरेकी हुन्। श्रेयाले भारतिय हिन्दु परम्परा अनुसार विवाह गरेको समाचारमा उल्लेख छ।

उनी तेलेगु फिल्मका अलावाअन्त दक्षिण भारतीय फिल्म र बलिउड फिल्ममा समेत सक्रिय रहँदै आएकी छन्। श्रेयाका प्रेमी राष्ट्रियस्तरका टेनिस खेलाडीका साथमा मस्कोमा रेष्टोरेन्टहरूको फ्रान्चाइज समेत चलाउँछन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.